शिक्षाको माध्यमबाट प्रदेशमा समृद्धि ल्याउनु पर्छ– उद्योग मन्त्री खत्री

Logo
Nav Nepal शनिबार, फाल्गुण ०५, २०८०
विराटनगर,५ फागुनः विद्यालयस्तरमा विद्यार्थीहरुलाई कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स)विषयको आवश्यक ज्ञान प्रदान गर्ने मोरङको वुढीगंगा–२१ स्थित जेभियर्स अंग्रेजी विद्यालयले आज अभिभावक दिवस एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ।
स्वदेश तथा विदेशमा आवश्यक पर्ने दक्ष जनशक्तिलाई ध्यानमा राखि  कृत्रिम बौद्धिकता( आर्टिफिसियल इन्टिलिजेन्स)को अध्यापन शुरु गने उक्त्त विद्यालय प्रदेशमा पहिलो रहेको उप प्राचार्य जनक ढकालले  जानकारी दिनु भयो ।
विद्यालयले कक्षा आठदेखि १२ सम्मका विद्यार्थीहरुलाई कृत्रिम वौद्धिकता विषयका विभिन्न विधा ,सूचना प्रविधि , नृत्य, वक्तृत्वकला, निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार एवं सम्मान गरेको छ।
कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले विद्यालयले शिक्षाको माध्यमवाट मुलुकलाई आवश्यक दक्षजनक्ति उत्पादन गरी समृद्धि कायम गर्ने भूमिका निभाउनु बताउनु भयो ।
उहाँले प्रदेश सरकारले आफ्नो एकसय दिनमा जनताले अनुभूति गर्ने कार्यहरुमध्ये  १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, शैलजा आचार्य हृदय रोग उपचार केन्द्र र जलन अस्पताल निर्माण कार्य शुरु गरेको जानकारी दिनु भयो ।
विद्यालयका अध्यक्ष रिता थापा मगर,वुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, प्राचार्य परेश पोखरेल र समाजसेवी राजन खत्रीले विद्यार्थीहरुलाई प्रविधियुक्त, गुणस्तरीय र सिकाईलाई विद्यालयले मुख्य जोड दिएको जानकारी दिनु भयो ।
विद्यालयमा शिशु कक्षा देखि १२ कक्षासम्म नौ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077