‘बालअधिकार संरक्षणका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

Logo
Nav Nepal सोमबार, आश्विन १४, २०८१

विराटनगर,१४ असोज ः बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारवीच समन्वय हुनुपर्ने पर्ने सुझाव विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागिहरूले दिएका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद र एकीकृत हातेमालो समाज नेपालद्वारा आज यहाँ संयुक्त रुपमा आयोजित बालअधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले बालबालिकाको विकास , सुरक्षा, उत्थान र संरक्षणमा तीन तहको सरकारवीच समन्वय हुनुपर्ने बताएका छन् ।
कोशी प्रदेशसभाको सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले तीनै तहका सरकारले बालवालिकाको समग्र विकासमा ध्यान राखि नीति तथा कार्यक्रममा वजेट विनियोजन गर्नुपर्ने सुझाव दिनु भयो ।
नेपाल नगरपालिका संघ वेलवारीका अध्यक्ष दिलप्रसाद राईले कलिला तीन बर्ष मुनिका बालबालिकालाई विद्यालय पठाउने प्रचलन बढ्दै जाँदा उनीहरुको खेल्न पाउने अधिकार हनन् भइरहेको बताउनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख कुवेरसिंह खापुङ्गले बालबालिकाहरूलाई पठन–पाठन तथा अन्य सन्देशमुलक सामाग्रीहरू उनीहरुको मातृभाषामा उपलव्ध गराउनु पर्ने विचार राख्नु भयो ।
एकीकृत हातेमालो समाजका नेपालका अध्यक्ष डिल्लीराम गिरी, प्रदेश योजना आयोगकी सदस्य प्रमिलाकुमारी गच्छदार, विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख विश्वनाथ भगत, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत सुमन अधिकारीले बालअधिकारको संरक्षणका लागि सबैपक्ष सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो ।
अन्तरक्रियामा झापा, मोरङ र सुनसरीका २९ वटा स्थानीय तहका उपप्रमुख , बाल कल्याण अधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077