दुई दलीय संयन्त्रको निर्णय सार्वजनिकीकरण

Logo
Nav Nepal बिहिबार, कार्तिक २९, २०८१

विराटनगर, २८ कात्तिक ः नेकपा (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र बनेको बताउनुभयो ।
मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कोशी प्रदेशको सभाहलमा आज आयोजित दुई दलीय संयन्त्रको निर्णय सार्वजनिकीरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्वमुख्यमन्त्री राईले समाजमा रहेका सबै प्रकारका अनियमितता रोक्न र तीव्र विकास गर्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै मुलुकलाई अग्रगतिमा लैजान र जनताका निराशालाई आशामा बदल्न पनि यो संयन्त्रले काम गर्ने विश्वास व्यक्त्त गर्नुभयो
संविधानको संशोधन र आवश्यक विषयलाई प्राथमिकतामा राखेर केन्द्र देखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको दलीय संयन्त्र बत्रे उहाँले जानकारी दिनुभयो ।
दुई दलीय कोशी प्रदेश स्तरीय संयन्त्रको हिजो बसेको बैठकमा दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने, दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त्त गर्ने, नेपाली कांग्रेसको तर्फबाट सभापतिले तोकेको एकजना प्रतिनिधि रहने व्यवस्था अन्तर्गत नेपाली कांग्रेस प्रदेश कार्य समितिका महामन्त्री उमेश थापाललाई नेपाली कांग्रेसको तर्फबाट संयन्त्र सदस्यमा थप गर्ने, प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ताभित्र जिल्ला संयन्त्र गठन गर्ने निर्णय भएको छ ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा २०८१ साल मङ्सिर १४ गते शुक्रबार विराटनगरमा छलफलको आयोजना गर्ने र कोशी प्रदेशको दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपताकासाथ प्रभावकारी ढङ्गले अगाडि बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी मङ्सिर २९ गते विराटनगरमा गर्ने निर्णय भएको छ ।
सो अवसरमा संयन्त्र सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो संयन्त्रबाट सरकारलाई काम गर्न थप उर्जा थपिने भन्दै संयन्त्रले स्वस्थ प्रतिस्पधा गर्न मद्दत पुग्ने विश्वास व्यक्त्त गर्नु भयो । उहाँले सरकारको सञ्चालन संविधान र कानुन अनुसार नै हुने प्रतिक्रिया दिनुभयो ।
संयन्त्रका अर्का सदस्य नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले गठबन्धनको दायित्व पूरा गर्न यो संयन्त्र फलदायी बत्रे विश्वास व्यक्त्त गर्नुभयो ।
कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रमा नेकपा (एमाले)बाट सो पार्टीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका अध्यक्ष घनश्याम खतिवडा तथा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापा, सो पार्टीका महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077