मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि एक जना स्वतन्त्र सहित १६ जनाको मनोयन दर्ता

Logo
Nav Nepal आइतबार, मंसिर ०२, २०८१

 

विराटनगर,२ मङ्सिर ः मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज साँझ पाँच बजेभित्र राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आइतबार बिहान १० देखि साँझ ५ वजेसम्म उम्मेदवारी दर्ता भएको जानकारी दिनु भयो ।
विभिन्न राजनीतिक दलहरुका कार्यकर्ताहरु बाजागाजा सहित उम्मेदवारी दर्ता गरेको छन् ।


उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, नेकपा (एमाले)बाट तुलसीराम विश्वास, जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरीको उम्मेदवारी अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ।


यसैगरी नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायणा माझी र नमनारायण चौधरीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको प्रदेश निर्वाचन कार्यालयका शंकर गिरीले जानकारी गराउनु भयो ।

ग्रामथानको उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077