विराटनगर, १० मङ्सिर ः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार पञ्चेबाजा सहितको वृहत ¥यालीको आयोजना गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
विराटनगर महानगरपालिका परिसरबाट निस्किएको सो ¥याली कोण सभामा परिणत भएको थियो ।
‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भत्रे मूल नाराका साथ मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन हुने छ ।
कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले लैंगिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै नपुग्ने बताउनुभयो ।
उहाँले घरघरमा सचेतना पु¥याउनुपर्नेमा जोड दिँदै भत्रुभयो, ‘ लैंगिक हिंसा रोक्नका लागि १६ दिन अभियान सञ्चालन गरेर मात्रै पुग्दैन, यस्ता अभियान हरेक दिन हुनुपर्दछ । कोही लैंगिक हिंसामा परेका छन् भने महानगरको न्यायिक समितिमा उजुरी गर्न सक्नुहुनेछ । लैंगिक हिंसामा परेर कोही पनि नबस्नुहोला ।’
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । उहाँले सरकार, राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिने स्पष्ट पार्नुभयो ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले लैंगिक हिंसाविरुद्धको अभियानले सचेतना वृद्धिमा सहयोग पुग्ने विचार व्यक्त्त गर्नुभयो ।
गैसस महासंघ मोरङकी सहसचिव तथा मानव अधिकार सञ्जालकी सहसंयोजक वाग्मता कट्टेललगायतले महानगरको नेतृत्वमा भएको ¥यालीमा माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास संघ, इन्सेक, कोकन, कोशी नर्सिङ कलेज, स्काउट, महेन्द्र मोरङ क्याम्पस, नेपाल प्रहरी, विभित्र सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज, नगर बाल क्लबलगायतका गैसस महासंघ मोरङ र मानवअधिकार सञ्जालमा आबद्ध रहेका संघसंस्थाका प्रमुख र प्रतिनिधि सहभागिता रहेको थियो ।–––