विराटनगर,१२ मङ्सिर ः कोशी प्रदेशको ऐतिहासिक नगर विराटनगरमा हुने महत्पूर्ण मान इन्टरनेशल अवार्ड वितरण समारोहको सम्पूर्ण तयारी पुरा भएको छ।
मैथली एशोसिएशन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर १५ गते शनिवार आयोजना गरिने कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने ६० जना व्यक्तित्वहरुलाई अवार्ड वितरण प्रदान गर्ने अध्यक्ष प्रविण नारायण चौधरीले जानकारी दिनु भयो ।
यसैगरी अन्य ४५ जना विशिष्ठ व्यक्तित्वहरुलाई सम्मान पत्र सहित सम्मानित गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न अन्य भाषाभाषी समुदायहरुलाई मैथिलीसंग जोड्न र मैथिली–मिथिलाको कार्यक्षेत्रलाई विस्तार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमको अनुमानित खर्च रु छ लाख हुने अनुमान गरिएको छ।
राज्यमाथिको निर्भरतालाई न्यूनतम राख्दै कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताउनु भयो ।–––