विराटनगर, १५ मङ्सिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राससलाई समय सापेक्ष सुदृढ एवं बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग आज बिहान भएको भेटघाटको अवसरमा सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले राष्ट्रको सम्पतिको रुपमा रहेको यो संस्थाबाट राज्यले सूचना र सञ्चारका माध्यमबाट व्यापक फायदा लिनु पर्ने भन्दै राससलाई बलियो एवं सुदुढ गर्न प्रदेश सरकार तयार छ भत्रुभयो ।
उहाँले राससले आफ्नो स्थापना कालदेखि नै जनता र राष्ट्रका हितमा उल्लेखनीय कार्य गर्दै आएकोमा प्रंशसा पनि गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ राससले पछिल्लो समयमा मातृभाषा समाचार सेवा विस्तार गरेको छ, राज्यले गरेका कामको फोटो प्रदर्शनी र सञ्चार माध्यमबाट प्रचारप्रसार गरेको छ , यो अत्यन्त सराहनीय छ, यसलाई राससले निरन्तरता दिनु पर्ने छ ।’
उहाँले जनतालाई सुसूचित गर्ने सम्बन्धमा रासससँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउँदै आगामी दिनमा संस्थालाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा कार्यकारी अध्यक्ष झाले राससको गतिविधि सहित राससको भौतिक उत्रति एवं प्रगतिका विषयमा प्रदेश सरकारले गर्न सक्ने आफ्ना अवधारणाका बारेमा जानकारी गराउनु भएको थियो ।–––