विराटनगर, १५ मङ्सिर ः कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले समाजलाई जोड्न भाषा र संस्कृतिले महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।
मैथिली एशोसिएशन नेपालद्वारा आज यहाँ आयोजित ‘मान इन्टरनेशनल अवार्ड–२०२४’ को उद्घाटन गर्दै उहाँले एकले अर्कालाई सम्मान गर्ने बानी बसाल्न सके राष्ट्र र समाजमा एकता एवं सद्भाव अभिवृद्धि हुने कुरामा जोड दिनुभयो ।
उहाँले कोशी प्रदेश सरकारले पर्यटन वर्ष –२०८२ लाई भव्य एवं सभ्य बनाउन विभित्र योजनाका साथ सरकारले काम गरिरहेको चर्चा गर्दै पर्यटन वर्षलाई सफल बनाउन भारतका महत्वपूर्ण व्यक्तित्वहरुलाई आमन्त्रण गरी नेपालको भूगोल, धार्मिक स्थल र प्राकृतिक सम्पदाहरुको अवलोकन गराउने सरकारको योजना छ भत्रुभयो ।
नेपाल प्राकृतिक रुपले पनि सौन्दर्य एवं आकर्षक भएकाले पर्यटनको प्रचुर सम्भाना छ भन्दै पर्यटनको विकास गरी सरकार आर्थिक विकास गरी रोजगारी सिर्जन ागर्ने योजनामा छ भत्रुभयो ।
राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले मान पाउन अरुलाई पनि सम्मान गर्नु पर्ने विचार राख्दै राससले आफ्नो सेवामा मैथिली भाषालाई पनि प्राथमिकता राखेको चर्चा गर्नुभयो ।
एशोएिशनका अध्यक्ष प्रवीननारायण चौधरीको अध्यक्षतमा भएको थियो । सो कार्यक्रममा अध्यक्ष झालाई सम्मान गर्नुका साथै विभित्र विधाका नेपाल र भारतका गरी ११०जनालाई अवार्ड प्रदान गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।–––