बाल संसारमा स्पोर्टस् मिट

Logo
Nav Nepal शनिबार, पुष ०६, २०८१

विराटनगर ६ पुस । विराटनगर ५ स्थित बाल संसार मन्टेश्वरी स्कुलमा स्पोर्टस् मिट सम्पन्न भएको छ ।

गत आईतबारदेखि शुरु भएको स्पोर्टस् मिट शुक्रबार सकिएको हो । एक साता सम्म सञ्चालन भएको स्पोर्टस् मिटमा एक सय मिटर दौड, चम्चा दौड, बोरा दौड, हिसाव दौड, म्युजिकल चेयर, बेलुन दौड, लुडो लगायतका प्रतियोगितामा कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता, उपविजेताहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । विद्यार्थीले पुस्तकको ज्ञानसँग अतिरिक्त क्रियाकलाप पनि महत्वपूर्ण रहेको प्रिन्सीपल राईले बताउनुभयो । विद्यालयले तेश्रो त्रैमासिक परीक्षा समापन पछि खेलकुदका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्रिन्सीपल राईले भन्नुभयो,‘ परीक्षा पछि खेलकुदका कार्यक्रमले विद्यार्थीलाई रिफ्रेस गराएको छ ।’

बाल संसार मन्टेश्वरीले हरेक वर्ष एक साता सम्म स्पोर्टस् मिट सञ्चालन गर्दैै आईरहेको प्रिन्सीपल राईले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट २ सय बढी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077