होमियोपैथिक चिकित्सा प्रणालीको विकास र सदृढीकरण गर्ने¬–मुख्यमन्त्री कार्की

Logo
Nav Nepal शनिबार, पुष ०६, २०८१

 

विराटनगर ,६ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको जोड होमियोपैथिक चिकित्सक प्रणालीको विकास र सुदृढीकरण गर्ने रहेको बताउनु भएको छ ।
नेपाल होमियोपैथिक चिकित्सक सङ्घ केन्द्रीय कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल –भारत होमियोपैथिक चिकित्सक एवं वैज्ञानिकहरुको दुई दिने सम्मेलनको उद्घाटन गर्दै उहाँले यो बैकल्पिक चिकित्सक पद्धतिको मार्फत नागरिकको स्वास्थ्य उपचारका लागि सहज, सरल र कुनै नकारात्भक प्रभाव बिहिन भएकोले यसको पहुँच सर्वसुलभ पहुँच हुनु आवश्यक रहेको धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले यो चिकित्सक प्रणालीको प्रभावकारीता कायम गर्न आउनु भएको भारतीय वैज्ञानिक , विश्वविद्यालयका प्राध्यापक एवं चिकित्सकको सुझाव उपयोगी हुने विचार राख्नु भयो ।
उहाँले सङ्घीय सरकारले नेपालमा होमियोपैथिक चिकित्सा काउन्सिल रजिष्टार स्थापना गर्न आवश्यक छलफल शुरु गर्ने जानकारी दिनु भयो ।
प्रदेशमा होमियोपैथिक अस्पताल स्थापनामा गर्न आगामी वर्षको नीति कार्यक्रममा सम्भाव्यता अध्ययन गर्न नीति तथा कानुन निर्माण गर्ने बताउनु भयो ।
वरिष्ठ होमियो चिकित्सक डा जीवन प्रकाशले होमियोपैथिक काउन्सिल स्थापनाबाट चिकित्सा पद्धतिको विकास हुनका साथै सर्वसुलभ सेवाको विस्तार हुने विचार राख्नु भयो ।
केन्द्रका अध्यक्ष रविन्द्र रायले सम्मेलनको मुख्य उद्देश्य अस्पताल निर्माण गर्नु, काउन्सिल स्थापना , होमियोपैथिक औषधिका सम्बन्धमा अनुसन्धान गर्नु र जनतालाई सहज र सरल रुपमा उपचार सेवा प्रदान गर्नु रहेको बताउनु भयो ।
सोही अवसरमा होमियोपैथिक चिकित्सा क्षेत्रमा महत्वपूर्ण सेवा पु¥याउने चिकित्सकहरुलाई सम्मान गरिएको थियो।
सम्मेलनमा नेपाल र भारतका गरी तीन सय ५० चिकित्सक, वैज्ञानिकहरुको सहभागिता रहेको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077