विराटनगर ,९ पुस ः विराट मेडिकल शिक्षण अस्पताल अन्र्तगतको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले बेल अफ सेलिब्रेसन ( विजय सुचक घण्टी) कार्यक्रमको क्यान्सरको विरामीले बजाई आजदेखि शुरुवात गरिएको छ।
शिक्षण अस्पतालको १० औँ स्थापनाको उपलक्ष्यमा परिसरमा राखिएको विजय सुचक घण्टी क्यान्सरका विरामीको उपचार शुरु गर्दा वा उपचार सकिए पछि, स्वास्थ्य लक्ष्यहरु हाँसिल गर्दा वा दुखाई मुक्त हुने दिन, नयाँ अवसर जस्तै क्लिनकल ट्रायलमा सहभागि हुँदा, पारिवारिक कार्यक्रमहरु वा व्यक्तिगत विजयमा बजाईने कलेजका प्रमुख कार्यकारी अधिकृत डा निकिता कार्कीले जानकारीले दिनु भयो ।
यसैगरी रोग स्थिर रहेको छ र अगाडी बढेको छैन भन्ने खवर पाएको वेला, उपचारले सकारात्मक प्रभाव देखाएको उत्सवमा र प्रत्येक दिनको जीवनलाई पूर्णताले जिउने उत्सवमा बजाईने डा कार्कीले बताउनु भयो ।
विरामीहरुले क्यान्सरसँग लड्न देखाएको हिम्मत र शक्तिका कारण प्राप्त गरेको जितको सम्मान र अन्य विरामी, चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको सदस्यहरुको प्रेरणा र थप उर्जा प्रदानका लागि बेल अफ सेलिब्रेसन कार्यक्रम ल्याईएको अस्पतालले जनाएको छ ।
यस कार्यक्रमले विरामी भित्रको अविश्वास र कमजोर मनोवललाई तोडेर आत्मशक्ति, आत्मविश्वास र आत्मक्षमता सहितको अधम्य र अद्भुत साहसलाई प्रतिनिधित्व गर्ने विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।
गत वर्षको माघ २१ देखि ‘क्यान्सरको उपचारमा पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने नाराका साथ शुरु भएको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटबाट ३० हजारले बहिरंग सेवा लिएका छन् ।
यसैगरी दुई हजार क्यान्सरका विरामीले सर्जरी सेवा लिएको बताईएको छ ।
कोशी प्रदेशका १६० स्थानमा गरिएको स्क्रिनिङ क्याम्पबाट १२ हजारले सेवा लिएको कार्यक्रममा जानकारी दिईएको छ ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्रबहादुर कार्कीले क्यान्सरको उपचार निःशुल्क गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले क्यान्सर पीडितका लागि सरकारले दिने रु एक लाख कम भएकोले रकम थप गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
मुलुकका जुनसुकै क्षेत्रका चिकित्सक रकमको अभावमा उपचार गराउन नसक्ने भएमो विराट शिक्षण अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा समेत उहाँले दिनु भयो ।
कार्यक्रममा रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट इष्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपका सदस्य कमल पौडेलले हौसलले रोग जित्न सकिने बताउनुभयो । ब्लड क्यान्सर मुक्त हुनु भएका पौडेलले विरामीलाई हौसला आवस्यक रहेको बताउनुभयो ।––