

विराटनगर २६ माघ । मोरङ बुढीगंगा २स्थित जेभियर्स इङलिस स्कुलले शनिबार १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बार्षिकोत्सवको अवसरमा एक शिक्षक सहित तीन जनालाई सम्मान गरिएको छ । ०८० बुढीगंगा भरिमा उत्कृष्ट अंक ल्याउने जेभियर्सको कक्षा १२ का कुशल विक, कक्षा १० कि दीया थापा मगर र खेल शिक्षक कराँतेका प्रभाकर रानामगरलाई कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा मगरले गुणस्तरीय शिक्षामा जोड दिनुभयो । उहाँले विद्यार्थीलाई समयानुकूल शिक्षा आवश्यक रहेको बताउनुभयो
स्कुलका प्रिन्सिपल परेश पोखरेलले स्कुलले व्यवहारिक शिक्षामा जोड दिएको बताउनुभयो ।आगामी दिनमा जेभियर्सलाई राम्रो शैक्षिक वातावरण भएको विद्यालय बनाईने बताउनुभयो । उहाँले शिक्षकको व्यवसायिक दक्षतामा जोड दिएर स्कुलले काम गरिरहेको बताउनुभयो ।
शिक्षामा सकारात्मक परिवर्तन ल्याउन अहोरात्र लागिपरेको प्रिन्सिपल पोखरेलको भनाई छ । उहाँले भन्नुभयो,’सिकाईलाई अर्थपूर्ण बनाउन लागिपरेका छौं ।झ उहाँले निरन्तर साथ सहयोग गर्ने अभिभावकहरूमा विशेष आभार व्यक्त गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङ प्रमुख जीवन गड्तौलाले व्यवहारिक शिक्षामा जोड दिनुभयो । उहाँले अहिलेको शिक्षा सीपयुक्त हुनुपर्ने बताउनुभयो । उहाँले सर्टिफिकेटमा मात्रै नभएर ब्यवहारमा पनि एप्लस ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रम स्कुलका विभिन्न तहका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । स्कुलमा ८३२ विद्यार्थी अध्ययनरत छन् । स्कुलले ५ वर्षअघि देखि कक्षा ११, १२ को पठन पाठन शुरू गरेको थियो ।