

विराटनगर, ५ वैशाख ः अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जनमा जोड्नका लागि वैशाख मसान्तभित्र विराटनगरमा ‘प्रतिभाको खोजी’कार्यक्रमको आयोजना गरिने भएको छ ।
राष्टिय अपाङ्ग महासंघ कोशी,कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिभाको खोजी कार्यक्रमम अपाङगता व्यक्तिमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनु मुख्य उद्देश्य रहेको छ ।
प्रतिभा खोजीका विधाहरुमा साहित्य(कविता वाचन), वक्तृत्वकला,संगीत तथा गायन, अभिनय÷क्यारिकेचर, नृत्य, चित्रकला , हस्तकला, नवप्रवद्र्धन तथा अन्य विधाहरु रहेका छन्
महासंघका कोशी अध्यक्ष नविनचन्द्र ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिहरुमा रहेको नवीनतम सीपकला तथा क्षमताको विकास र प्रवद्र्धनमार्फत व्यवसायिक बनाउन कार्यक्रमको आयोजना गरिन लागेको बताउनु भयो ।
करुणा फाउण्डेशन नेपालका योगेन्द्र गिरीले प्रदेश सरकार, स्थानीय निकायको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा सहयोग पु¥याउनु कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशिला पाठकले अपाङ्गता व्यक्तिहरु रोजगारसँग जोडिने कार्यक्रमका लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।–––