इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता विजयी हुँदै इलाम र मोरङ फाइनलमा प्रवेश

Logo
Nav Nepal बुधबार, फाल्गुण २३, २०८०
विराटनगर, २३ फागुन ः नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ  ।
विराटनगर महानगरपालिका वडा नं ६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा इलामले सिरहालाई चार विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
इलामले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हार पछि सिरहा एक खेल खेल्नु आगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
  टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ५३ रनको सामान्य योगफल तयार पारेको थियो । सिरहाका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । इलामकी प्लेयर अफ द म्याच यमुना राईले चार विकेट लिँदा मुना राई र पुस्मिता मुखियाले दुई÷दुई विकेट लिनु भएको थियो ।
५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव एक बलमा छ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । इलामकी प्रियंका राईले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् ् । सिरहाकी अपेक्षा यादव र साक्षी यादव तीन÷तीन विकेट लिनु भएको थियो ।
दोस्रो खेलमा मोरङले सप्तरीलाई  आठ  विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो । हार पछि सप्तरी एक खेल खेल्नु अगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ ।  । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा सात विकेट  गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् ।  मोरङकी प्लेयर अफ द म्याच सानु राजवंशीले दुई विकेट लिँदा कृतिसा धामी र चाँदनी यादवले पनि दुई÷दुई विकेट लिनुभएको थियो ।
७४ रनको लक्ष्य पछ्याएको मोरङले आठ दशमलव एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो ।
मोरङका लागि  सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिनु भएको थियो । सप्तरीकी मिना महतो र अजमेरी खातुनले एक÷एक विकेट लिनु भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077