कला संस्कृतिको संरक्षणमा लाग्नु पर्छ ः महानगर प्रमुख कोइराला 

Logo
Nav Nepal बुधबार, चैत्र १४, २०८०
विराटनगर, १४ चैत ः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेकोमा चिन्ता व्यक्त्त गनुृभयो ।
प्रमुख कोइरालाले आफ्ना मौलिक कला र संस्कृतिलाई भुलेर पाश्चात्य संस्कृतिसित जोडिन थालेको भन्दै चिन्ता समेत व्यक्त्त गर्नु भयो र भत्रुभयो, “आफ्नो कला र संस्कृतिको संरक्षणमा हामी आफैं लाग्नुपर्छ, हामीले आफ्ना मौलिक संस्कृतिलाई बिर्सिन लागिसकेका छौँ । यस्ता प्रशिक्षणले कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”
कार्यक्रममा वडा नं १० का अध्यक्ष अर्जुन गिरी, स्नातकोत्तर क्याम्पसका प्रमुख ढकबहादुर मगर,  आयोजक संस्थाका अध्यक्ष कुबेरबहादुर मगर, सचिव ममता मगरलगायतले जन्मेदेखि विभित्र शुभकार्यमा नौमती बाजा प्रयोग हुने गरेको बताउनुभयो ।
उहाँहरुले प्रशिक्षण लिएर स्वरोजगार बत्र सकिनेमा समेत जोड दिनुभयो । विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा ३२ जना सहभागी छन् । प्रशिक्षणपछि उहाँहरुलाई दुई समूहमा बाँडेर व्यावसायिक रुपमा आयआर्र्जनमा लाग्ने संघका अध्यक्ष कुबेरबहादुर मगरले बताउनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077