शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार–अध्यक्ष लिङ्देन

Logo
Nav Nepal मंगलबार, चैत्र २०, २०८०

विराटनगर, १९ चैत ः राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बत्रु पर्ने बताउनुभएको छ ।
राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘ जनजागरण सभा’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुंदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बत्रु पर्ने धारणा राख्नुभयो ।
उहाँले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सङ्घीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनु पर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दु राष्ट्र कायम हुनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नु पर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सहय नहुने विचार राख्नुभयो ।
उहाँले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्त्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाण्डौंमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको छ भत्रुभयो ।


राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन राजा र राजनीतिक दल मिल्नु पर्ने विपी विचारमा सबै राजनीतिक दल हिड्नु पर्ने सुझाव दिँदै राजनीतिक दलका राष्ट्रिय हितका नीतिगत एजेण्डा लागु गराउन इमान्दार बत्रु पर्ने कुरामा जोड दिनुभयो ।
राप्रपाका महामन्त्री प्रल्हादप्रसाद साहले सरकारका गलत नीतिले मुलुकको उद्योगधन्दा धराशायी भएको चर्चा गर्दै युवालाई स्वदेशमै रोजगार दिन र अर्थतन्त्रलाई सबल बनाउन उद्योग स्थापना हुनु पर्ने धारणा राख्नुभयो ।र
राप्रपाका प्रवक्त्ता भक्तिप्रसाद सिटौलाले नेपालमा बहुदल आएको ३५ वर्ष नाघिसक्दा पनि नेताहरुमा बहुदलीय चरित्र र अभ्यास नदेखिएकाले नेपाली जनता दिनप्रति समस्यामा फस्दै गएको बताउनुभयो ।
राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा दीपा पोखरेलले पनि बोल्नुभएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077