विराटनगर,१९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सत्ताकेन्द्रित गतिविधिमा भाग नलिने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले स्थानीय तहमा विजयी प्राप्त भएको स्थान वाहेक प्रदेश र संघीयको सरकार निर्माणको कुनै पनि चलखेलमा पार्टी सामेल नहुने नीति रहको स्पष्ट पार्नु भयो ।
अध्यक्ष लिङदेनले विभिन्न प्रदेशमा सरकार निर्माण गर्नका लागि शुरु भएको गणीतय खेलमा पार्टी निरपेक्ष बस्ने बताउनु भयो ।
उहाँले राप्रपा कुनै पनि पार्टीले शुरु गरेको गठबन्धनमा सामिल नहुने जानकारी दिँदै राप्रपा जनतालाई केन्द्रविन्दुमा राखि कार्यरत रहने विचार व्यक्त्त गर्नु भयो ।
कोशी प्रदेशमा पार्टीको सभामुखमा उम्मेदवार हुने सम्वन्धमा पार्टी भित्र फरक फरक मत रहेको थियो भन्दै प्रदेश संसदीय दल र कार्य समितिबाट भएको निर्णय अनुचित छ र अव उप्रान्त त्यस प्रकारको काम हुन नदिन सेचत गराउने केन्द्रीय समिति निर्णय उहाँले स्पष्ट पार्नु भयो ।
एक प्रश्नको जवाफमा उहाँले मुलुकमा हिन्दुत्वको प्रवद्र्धन गर्ने कार्यमा पार्टीलाई कुनै पनि मित्र राष्ट्रले सहयोग उपलव्ध नगराएको बताउनु भयो ।
अध्यक्ष लिङ्देनले जनता र मुलुकमा रहेको अस्तव्यवस्थाको अवस्था परिवर्तनका लागि पार्टीले जनजागरण अभियान सञ्चालन गरेको र यसले सामाजिक, आर्थिक र आर्थिक हिसावले सुधार हुने विश्वास जनाउनु भयो ।
अध्यक्ष लिङ्देन पार्टीको जननागरण अभियानका लागि आज काठमाडण्डौंबाट विराटनगर आउनु भएको हो –––