राप्रपाको जनजागरण कोणसभा

Logo
Nav Nepal बिहिबार, चैत्र २२, २०८०

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रादेशिक कार्यसमित (ख) क्षेत्र नं. ६ मोरंगको जनजागरण कोणसभा विराटनगरको स्थानिय पंचमुखी हनुमान मन्दिर चौकमा सम्पन्न भएको छ । सो सभामा केन्द्रिय सह–प्रवक्ता दिनेश शाहले देशको वर्तमान अवस्था ज्यादै नै भयाभह वन्दै गएको, देशमा चरम सिमाको भ्रष्टाचार बढदै गएको व्यक्त गरेका छन् । देशमा खुलेआम धमिजा काण्ड, सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शनार्थी काण्ड, जस्ता कयैं भ्रष्टाचार काण्ठमा मुछिएका राजनेताहरुलाई चोख्याउने कामहरु गरेका छन् । यसले चोर चोर मौसेरा भाई बनाएका भन्ने कुरा साहले व्यक्त गरेका छन् ।
सह–प्रवक्ता साहले २०६२–०६३ को परिवर्तन पश्चात नेपाली जनताहरु सुखी र समृद्ध बन्ने हुँकार गरेका राजनेताहरु आज देशलाई बर्बादीको खाडल तर्फ उन्मुख गराएको देख्दा नेपाली जनता लाजै पचे पछि कस्को के लाग्छ र ? भन्ने कुराहरु व्यक्त गरेका थिए । देशको वर्तमान अवस्था ज्यादै नै खराब भएकोले अब साझा सहमतीले देशको व्यवस्था बदलेर देश र जनताको हितमा कार्य गर्नुपर्ने कुरामा जोडदिनु भएको सह प्रवक्ता शाहले देशमै रोजगारीको व्यवस्था सिर्जना गरी भावी सन्नतीहरुलाई विदेश पयालयन हुन बाट रोक्नु पर्ने कुराहरुमा जोडदिएका थिए । कोण सभामा महानगरका अध्यक्ष विकास लिम्बुले चैत्र २७ गते काठमाण्डौंमा हुने आन्दोलनमा सबै नेपाली जनतालाई सहभागी हुन आव्हान गरेका छन् । अध्यक्ष लिम्बुले देशको आर्थिक अवस्था ज्यादै नै खराब भएको हुँदा यो व्यवस्था नै अब परिवर्तन गर्नु पर्ने भएकोमा जोड दिएका थिए । उक्त सभा राप्रपा प्रादेशिक (ख) क्षेत्र नं. ६ का अध्यक्ष अनुपमा शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077