प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिनु पर्छ–नेकपा एमाले र नेकपा माओवादी केन्द्र

Logo
Nav Nepal मंगलबार, चैत्र २७, २०८०
विराटनगर,२७ चैत । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले  वहुमत प्रदेश सभा सदस्यहरुको समर्थन नरहेको  वर्तमान कोशी प्रदेश सरकारले अविलम्व राजीनामा दिनुपर्ने बताएको छ।
नेकपा एमालेका प्रदेश सभाका प्रमुख सचेतक रेवतीरण भण्डारीले प्रदेश सभा सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा चैत २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष ५२ जना प्रदेश सभा सदस्यहरुले  समर्थन फिर्ता लिएको पत्र वुझाएकोले मुख्यमन्त्री केदार कार्कीले अविलम्व राजीनामा दिनु पर्ने  बताउनु भएको छ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ वमोजिम समर्थन फिर्ता लिएपछि चैत २६ गतेदेखि ३० भित्र वर्तमान  कोशी सरकारले विश्वासको मत लिनु पर्ने संवैधानिक वाध्यता रहेको उहाँले उल्लेख गर्नु भयो ।
प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीलाई ३० दिनभन्दा अगाडि नै संसदीय प्रकिया मार्फत राजीनामा दिन समेत आग्रह गर्नु भयो ।
प्रमुख सचेतक भण्डारीले  मुख्यमन्त्रीलाई आजदेखि नयाँ कार्यक्रम स्विकृत नगर्न, पुराना कार्यक्रम हटाउने वा विस्थापित नगर्ने,भोलिको सरकारलाई प्रभावित गर्ने नीतिगत निर्णय नगर्न ,सरकारी कामकारवाहीलाई प्रभावित गर्ने कर्मचारीहरु सरुवा नगर्न समेत अपील गर्नु भएको छ।
नेकपा माओवादी केन्द्रका पूर्वमन्त्री दुर्गाप्रसाद चापगाईले अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले नयाँ सरकार गठनका लागि राजीनामा दिनु पर्ने जोड दिनु भयो ।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077