विराटनगर,२७ चैत । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन आज यहाँ वुझाइएको छ ।
प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ एवं मधेशी आयोग ऐन, २०७४ को दफा २२ वमोजिम आयोगकी सदस्य रेनुदेवी साहले वार्षिक सम्पादन गरेको कार्यको पाँचौ वार्षिक प्रतिवेदन वुझाउनु भएको हो ।
प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै आयोगले पहिचान गरेका समस्या हामीसबैको साझा समस्या भएकोले यसको समाधान गर्नु हामीसबैको जिम्मेवारी रहेको बताउनु भयो ।
उहाँले मुलुक सबैको साझा भएकोले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकतावद्ध बनाउनु लाग्नु पर्नेमा जोड दिनु भयो ।
प्रमुख खापुङ्गले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकोले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिवीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औल्याउनु भयो ।
आयोगकी सदस्य साहले प्रतिवेदन पेश गर्दै १६ जिल्लाका मधेशीहरुको हकहित,धर्म, संस्कृति र न्यायको लागि कार्य गरेको बताउदै आयोगमा परेका चार सय उजुरीमध्ये महिलाको दाइजो सम्बन्धि धेरै रहेको जानकारी दिनु भयो ।–––