संसदको गतिरोध अन्त्यका लागि दलहरुसँग छलफल भैरहेको – प्रधानमन्त्री दाहाल

Logo
Nav Nepal बिहिबार, चैत्र २९, २०८०

विराटनगर,२९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले संसदको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुबीचमा लगातार छलफल भैरहेको बताउनु भएको छ।
नेकपा (माओवादी केन्द्र)को प्रदेश नं १ का केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त विस्तारित वैठकमा भाग लिन आज विराटनगरमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नु भयो – ‘संसद गतिरोध अन्त्यका लागि लगातार सभामुख र आफूले समेत प्रतिपक्ष दलहरुसँग छलफल र वैठक गरी रहेको र यसको समाधान राजनीतिक समझदारीबाट नै गर्नुपर्ने हुन्छ ’।
प्रधानमन्त्री दाहालले सहकारीसंग सम्बन्धित समग्र विषयको अध्ययन निम्ति भनेर अलग्गै र गृहमन्त्री रवि लामिछानेको विषयको अलग्गै छलफल गर्दा भने समाधान निस्किने तिर गैरहेको छ र हामीसबैको कोशिष पनि त्यतै रहेको वताउनु भयो ।
उहाँले भन्नु भयो – अहिले गृहमन्त्री लामिछानेलाई लिएर जसरी समितिको मांग भइरहेको छ , त्यो मिल्ने कुरा छैन ’ ।
प्रधानमन्त्री दाहालले सदनमा आफुले राजनीतिक कारणले जवाफ नदिएर अनुसन्धानकर्ता सिआईविदेखि र प्रहरी प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग सोधेर गृहमन्त्री लामिछानेको विषयमा अनुसन्धान गर्ने ठाउँ नरहेको जानकारी अनुसार बोलेको बताउनु भयो ।
उहाँले गृहमन्त्री लामिछानेको सम्वन्धमा उठेको प्रश्न राजनीतिक पूर्वाग्रह भएकोले यस विषयमा समिति नवन्ने प्रष्ट पार्दै सरकारको तर्फवाट यसको समाधानका लागि राजनीतिक सम्बादको कार्य शुरु गरिएको छ ,त्यो अगाडि वढ्ने विचार राख्नु भयो ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले अनुसन्धानकर्ताको सुझावका आधारमा सदनमा बोलेको हो, त्यसमा कसैलाई बचाउनु पर्ने कुनै कारण नरहेको प्रष्ट पार्नु भयो ।
उहाँले भोलि कुनै किसिमको प्रमाण भेटिएमा अनुसन्धान गर्न पछि नपर्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहाले प्रतिपक्षले गृहमन्त्रीको छानविन गर्ने संस्थाले सहकारी छानविनमा केही प्रमाण छैन, यो त्यतिकै राजनीतिक आग्रहले गरिएको प्रचार भएको विचार राख्नु भयो ।
उहाँले वर्तमान सहकारी मुद्दा अहिले समिकरण बदलिनु भन्दा अगाडिको मुद्दा भएको हो भन्दै यो समयमा प्रतिपक्षले छानवीन सम्वन्धमा कुनै कुरा नउठाएको धारणा राख्नु भयो ।
उहाँले गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री बनाउन खोज्दा उहाँ नगए पछि यो छानवीनको भित्री कुरा आएको हो बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नु भयो –‘यो छानवीन समिति गठन गर्ने मांग गठबन्धन तोड्नका लागि भएको कार्य हो भन्दै तर यो टुटदैन’ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077