मोरङमा थारु समुदायको ‘सिरुव पर्व’ 

Logo
Nav Nepal शनिबार, बैशाख ०१, २०८१

मोरङमा थारु समुदायले ‘सिरुव पर्व’ मनाए
विराटनगर, १ वैशाख । लोप हुने अवस्थामा रहेको थारु समुदायले मनाउने नयाँ वर्ष ‘सिरुव पर्व’को उपलक्ष्यमा आज पूर्व सभापतिहरु एवं जेष्ठ नागरिकलाई सम्मान र शुभकामना आदान प्रदान गरि मनाइएको छ।
थारु कल्याणकारी सभा मोरङद्वारा मोरङको वुढीगंगा ७ धराहरा टोलमा आज ‘सिरुव मनावम, संस्कृति जोगावम’ नाराका साथ ‘लया बछर( नयाँ वर्ष) सिरुव पर्वको उपलक्ष्यमा ‘ जुडी सितौल’ शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा सहभागीहरुले वर्तमान आधुनिक समयमा युवायुवतीहरुलाई आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने चेतना जागृत गर्न पाएको खुशी व्यक्त्त गरेका छन् ।
उहाँहरुले विगत लामो समयपछि थारु संस्कृति सम्बन्धी यो पर्व सार्वजनिक रुपमा मनाउनका साथै समाजमा जानकारी दिन पाएकोमा खुशी समेत व्यक्त गर्नु भएका छन्।
कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सदस्य चुमनारायण तवदार, वुढीगाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, सोही पालिकाका पूर्व अध्यक्ष बालचन्द्र माझी,थारु कल्याणकारी सभाका अध्यक्ष प्रदीपकुमार विश्वास, उपाध्यक्ष जागेश्वर विश्वास,सभाका पूर्व सभापति रुद्रनारायष्ण चौधरी र वडा अध्यक्ष पंकज चौधरीले थारु समुदायका पर्व, रितिरिवाज, खानपीन, भाषा, पोशाकको संरक्षण गरेमा मुलुक संस्कृतिको क्षेत्रमा धनी बनाउन सकिने विचार राख्नु भयो ।
ं यस पर्वमा परिवारका जेष्ठ सदस्यहरुको खुट्टामा पानी राखी आर्शिवाद लिने तथा जेष्ठ सदस्यहरुले आफुभन्दा सानालाई टाउको( सिर)मा पानी छ्यापी वर्षभरी सुख सम्वृद्धि, स्वास्थ्य, दीर्घायु जीवनको आशीर्वाद दिने चलन रहेको छ।
यो पर्वमा थारु समुदायको घरमा गुलगुल्ला, बरी, वगिया, चिछवरी र पुवा लगायतका पकवानहरु बनाइ परिवारका सदस्य एवं पाहुनालाई खुवाउने चलन रहेको छ।
सोही अवसरमा पूर्व सभापतिहरु रुद्रनारायण चौधरी, नन्दु सरदार, खडगनारायण विश्वास चन्द्र नारायण चौधरी सुनिल विश्वास, चुमनारायण तवदार, देवराज चौधरी, प्रदीप भगतको फोटो सार्वजनिक गर्नुका साथै सम्मान गरिएको छ ।
सभाका अध्यक्ष विश्वासले जग्गादाता कुनुकलाल चौधरी र श्रीमती टकावती चौधरीलाई र जेष्ठ नागरिक व्रह्मनारायण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077