आदिवासी समुदायका १५ युवायुवतीको सामुहिक विवाह

Logo
Nav Nepal बिहिबार, बैशाख ०६, २०८१

विराटनगर,६ वैशाख । विवाहको लागि वर्तमान समयमा अध्याधिक खर्च लाग्ने कार्यलाई न्यूनिकरण गरी समाजमा जनचेतना जागृत गराउन आज यहाँ १५ जना आदिवासी समुदायका युवायुवतीको सामुहिक विवाद बन्धनमा वाँधिएका छन् ।
माहेश्वरी महिला मञ्च विराटनगरले विगत छ महिनाको अथक प्रयास पछि मोरङ र झापाका सन्थान, राजवंशी र मण्डल समुदायका १५ जनाको विराटनगरस्थित अतिथि सदनमा आज सामुहिक विवाह कार्यक्रम सम्पन्न गरेको छ।


सो अवसरमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की यस प्रकारको विवाहले समाजमा फिजुल खर्च गर्ने प्रथालाई नियन्त्रण गर्न सहयोग पुगेको विश्वास व्यक्त्त गर्नु भयो ।
मोरङको जहदा गाउँपालिकाका प्रमुख जीतेन्द्र साहले रकमको अभावका कारण विवाह हुन नसेको युवायुवतीलाई सामुहिक विवादले घर बसाउन सहयोग पुगेको चर्चा गर्दै पालिकाले आगामी दिनमा समेत यस प्रकारको कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मञ्चकी अध्यक्ष पुनम राठीले हिन्दु संस्कृति अनुसार आदिवासी संघको सहयोगमा जोडी खोजेर कानूनले तोकेको उमेर र परिवारको सहमतीमा विवाह गराइएको बताउनु भयो ।
उहाँले एउटा परिवारका लागि चाहिने सम्पूर्ण लत्ताकपडा, वेहुलीलाई सुनको तिलहरी, फुली, कानमा टप,चाँदीको पाउजु ,भान्साका लागि भाँडाकुडा र वेहुलीको नाममा पाँच वर्षिय मुद्धति खातामा रु ११ हजार जम्मा गरेको जानकारी दिनु भयो ।
मञ्चका सदस्यहरुको सहयोगमा सामुहिक विवाहका लागि रु २५ लाख खर्च लागेको छ ।
सो अवसरमा उपस्थित गन्यमान्यहरुले वेहुला र वेहुलीलाई उपहार समेत दिएका थिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077