विराटनगर,८ वैशाख । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदनमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।
जितको लागि विराटनगरको तर्फबाट बिजु भुजेल व्यक्तिगत दुई गोल गरे ।
उनी खेलको म्यान अफ द म्याच घोषित भै नगद रु तीन हजार प्राप्त गर्न सफल भएका छन् ।
खेलको दोस्रो हाफको ५५ औं र ६२ औं मिनेटमा भुजेलले दुई गोल गरि टिमलाई अग्रता दिलाई सेमिफाईनलमा पु¥याउन सफल भएका थिए ।
प्रतियोगिताको आइतबारको खेल टिडव्लू विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।–––