पूर्व बजेट तयारी छलफल 

Logo
Nav Nepal मंगलबार, बैशाख २५, २०८१
विराटनगर,२५ वैशाख । कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट निर्माणका लागि   पूर्व बजेट तयारीका आज यहाँ छलफलको आयोजना गरिएको छ।
कोशी प्रदेशको सभाको अर्थ समितिद्वारा आयोजित छलफलमा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आगामी आर्थिक वर्षको वजेटमा शिक्षा, स्वास्थ्य , कृषि खानेपानी तथा पुर्वाधार विकासलाई महत्व दिनेगरि योजना छनौट गर्नुपर्नेमा जोड दिनुभयो ।
  आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले आगामी आर्थिक वर्षका लागि रु २८ अर्बको हाराहारीमा बजेट ल्याउने जानकारी दिँदै सोही अनुसार मन्त्रालयहरुले योजना वनाउनु पर्ने बताउनु भयो ।
राजश्व संकलन घटदो अवस्थामा रहेकाले आगामी आर्थिक वर्षको वजेटको आकार पनि घटाउनुपर्ने अवस्था सिर्जना रहेको  उहाँले धारणा राख्नु भयो ।
भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साहले आगामी आर्थिक बर्षको वजेटमा वहुवर्षिय आयोजनालाई  प्राथमिकतामा राखि योजनाहरु वनाई रहेको जानकारी दिनु भयो ।
 छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहाल, खानेपानी सिचाइ तथा उर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवा लगायतले मन्त्रालयले ल्याउन लागेको योजनाका विषयमा जानकारी गराउनु भएको थियो ।
प्रदेश प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले वजेटका लागि योजना वनाउँदा आवश्यकता र प्राथमिकताको आधारमा योजनाहरु छनोट हुनुपर्नेमा जोड दिनुभयो   ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077