विराटनगर ,३१ वैशाख ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र प्रचलित कानून अनुसार कोशी प्रदेशमा नयाँ सरकार बनेको बताउनु भएको छ ।
कोशी प्रदेश सभाको पाँचौ अधिवेशन आज बसेको पहिलो बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा(४) बमोजिम तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधना समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत सदनमा प्रस्ताव पेश गर्दै सो कुरा बताउनु भएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको यो सरकारलाई निकै ठूलो अवसर प्राप्त भएको भन्दै मुख्यमन्त्री कार्कीले सरकार अब बजेटको सिद्धान्त र प्राथमिकताका लागि अहोरात्र काम गर्ने कुरामा जोड दिनुभयो ।
गएको फागुन २१ गते राष्ट्रिय राजनीतिकमा आएको परिवर्तनले शक्त्ति सन्तुलनको अभ्यास भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यो सरकार सुदृढ र सन्तुलित विकास गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
भ्रष्टाचार न्यूनीकरण गरी नीतिगत सुधार गर्ने भन्दै मुख्यमन्त्री कार्कीले सार्वजनिक वित्तको दिगो विकास, आर्थिक विकास र रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्ने भत्रुभयो ।
उहाँले आफूलाई विश्वासको मत दिने मतको सम्मान गर्ने, कसैको पनि आशा र भरोसा टुट्न नदिने भन्दै प्रदेश स्तरीय संरचनाको दिगो विकासमा सरकार गम्भीर रहने भत्रुभयो ।
मुख्यमन्त्री कार्कीले संसदीय प्रक्रियाको जननी ठात्रे नेपाली कांग्रेस यो प्रक्रियाबाट बाहिर रहनु कसैको लागि पनि सुखद नभएको बताउँदै कोशी प्रदेश सरकारको विषयमा सर्वोच्च अदालतमा परेको रिट र हुने फैसलाको शिरोधार्य गर्ने भत्रुभयो ।
मुख्यमन्त्री कार्कीको वक्तव्य पछि शुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राजनीतिक स्थिरता, मुलुकको समृद्धि र सुशासनका निम्ति यो सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले र नेकपा एकीकृत समाजवादी दलका तर्फबाट कोशी प्रदेश सभा सदस्य कमलप्रसाद जवेगुले अस्थिरता र निराशालाई समाप्त पार्न यो सरकालाई विश्वासको मत दिने भन्दै समाजवादको आधार तयार गर्न राजनीतिक स्थिरता हुनु पर्ने बताउनुभएको थियो ।
नयाँ सरकाले देशको आर्थिक वृद्धि, विकास र समृद्धिको बाटो तर्फ जान सफलता मिलोस् शुभकामना पनि दिनुभएको थियो ।
वैशाख २७ गते नियुक्त्त हुनु भएको मुख्यमन्त्री कार्की सोही दिन पद तथा गोपनियता शपथ लिनु भएको थियो भने उहाँलाई नेकपा एमालेका ४० जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेकपा एकीकृत समाजवादीका तीन जना, जसपाका एक जना विश्वासको मतको मतमा मत दिनुभएको थियो भने नेपाली कांग्रेस सभामा अनुपस्थित र राप्रपा पाँच जनाले तटस्थ रहने मत प्रकट गरेको थियो ।
अर्को बैठक जेठ १३ गते दिउँसो १ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।–––