प्रदेश सरकारको प्रमुख प्राथमिकता सुशासन –मुख्यमन्त्री कार्की 

Logo
Nav Nepal शुक्रबार, जेठ ०४, २०८१
विराटनगर,४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्रमुख प्राथमिकता सुशासन रहेको बताउनु भएको छ।
प्रदेश प्रमुखको कार्यालयमा आज साँझ पाँच मन्त्री, दुई राज्यमन्त्रीको शपथ ग्रहण समारोह पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र जनताले अनुभूति हुने विकास  र संघीयतालाई वल पुग्ने कार्य गर्ने धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ल्याउने बार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा सुशासन अभिव्यक्त गर्ने  र प्रदेश संरचनालाई नेपाली जनताले वुझ्ने ,छाम्ने र देख्ने  गरी  तयारीमा रहेको प्रष्ट पार्नु भयो ।  उहाँले प्रदेश सरकार अव फेरबदल नहुने बताउनु भएको छ ।
 मुख्यमन्त्री कार्कीले अवको पुरै अवधि वर्तमान सरकार जाने दावी समेत गर्नु भयो । उहाँले भन्नुभयो,‘ फागुनमा बनेको नयाँ शक्ति सन्तुलन अब टुट्दैन ।’
  गत वैशाख २७ गते नियुक्त मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरिएको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले प्रदेश सरकार सहमति र सहकार्यमा सञ्चालन गरिने  धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले रिक्त राखिएको एक मन्त्रालय शक्ति सन्तुलनमा सहभागि  भएका दलका लागि  राखिएको बताउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077