विराटनगर, १० जेठ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थायीत्वबाट मुलुकमा दिगो विकास कायम हुने बताउनु भएको छ।
सो पार्टीको आज विराटनगरमा आयोजित महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रम अन्तर्गत ५ नं क्षेत्रीय भेलाको उद्घाटन गर्दै समग्र विकासलाई अगाडि वढाउने दह्रो राजनीतिक नेतृत्व कायम भएमा सहकार्य, समझदारी हुने धारणा राख्नु भयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले मुलुकमा जनतावाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक भएको छ भन्दै विश्वका ७१ मुलुकमा रहेको समानुपातिक निर्वाचन प्रणाली संसद निर्माणबाट राष्ट्रिय एकता विलियो हुने विचार राख्नु भयो ।
उहाँले संघीयतालाई वलियो बनाउन मुलुकमा रहेको विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष यादवले लोकतन्त्रमा स्वतन्त्र प्रेस माथि आक्रमण निन्दनीय हो भन्दै यस्ता कार्य अविलम्व रोक्नु पर्ने धारणा राख्नु भयो ।
सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य जयराम यादव, प्रदेश सचिव अनिल ठाकुर र सुरेश गनगाई लगायतले समाजमा पछाडि परेका एवं उत्पीडित जनताको उत्थान गर्नु पार्टीको मुख्य उद्देश्य रहेको विचार राखेका छन् ।–––