विसिए र  ग्रामथान विजयी हुँदै वि डिभिजन क्रिकेटको फानलमा

Logo
Nav Nepal मंगलबार, माघ २३, २०८०
विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लव विजयी भई फानलमा प्रवेश गरेका छन् ।
फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा प्रवेश गरेको छ ।
पहिलो खेलमा विसिसिले मिल्स क्रिकेट क्लवलाई  ८ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।
फाइनलमा प्रवेश गरेसँगै विसिसि ए डिभिजनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो ।
जसमा  पृथ्वी सुब्बाले २९ रन बनाउँदा  विशाल ढकालले २४रन बनाए । विसिसिका अविशेक मण्डलले १ विकेट लिए ।
९२ रनको विजयी लक्ष पछ्याएको विसिसिले ११ दशमलव ३ बलमा २ विकेट गुमाई सो लक्ष्य भेट्टाएको छ  ।
विसिसिका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।
दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले वेलबारी क्रिकेट क्लवलाई  २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । जस्मा प्रिवित भगतले २० रन बनाउँदा  दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशिष गुप्ताले ३ विकेट लिँदा अनिष सापकोटाले २ विकेट लिए ।
१ सय १३ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८  विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।
जसमा म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५रनको योगदान दिए । वेलबारीका निमेश चापागाईले सर्वाधिक ४  विकेट लिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077