विराटनगर,१३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति जनतालाई गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताउनु भएको छ।
सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा पहिलो पटक एक हजार दुई सय केजी ध्यु जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्दै उहाँले सरकारले कृषिको उत्पादन र उपादकत्व वढाउन र त्यसको माध्यमबाट आयातलाई प्रतिस्थापन गरि निर्यातका गरी यस क्षेत्रका जनताको रोजगारी वृद्धि र आर्थिक आय आर्जन सहयोग पु¥याउन कार्य गरिरहेको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्की यस प्रदेशवाट जापान वार्षिक वार्षिक ५० टन ध्यु निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको चर्चा गर्दै गुणस्तरमा विशेष ध्यान दिन आवश्यक सचेत र सहज हुनु जरुरी रहेको धारणा राख्नु भयो ।
उहाँले यस वर्षको नीति तथा कार्यक्रम र वेटमा मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन विशेष सहयोग पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको ध्यु, चिया, मह र चिउरा उत्पादन र व्राण्डिङ्ग गरि निर्यात प्रवद्र्धनका कार्य गरेमा रोजगारी वृद्धि र गरीवी निवारण सहयोग , वसाई सराई, विदेश पलायनमा नियन्त्रण गर्न सकिने धारणा राख्नु भयो ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दुध उत्पादन वृद्धि भई तराइमा धुलो दुध , पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेको चर्चा गर्दै सरकाले ध्यू, नौनी, धुलो दुध उत्पादनमा अनुदान उपलव्ध गराउँदै आएको जानकारी दिनु भयो ।
प्रदेशका पूर्वमन्त्री जयराम यादवले ध्यु निर्यातले यस क्षेत्रका कृषकको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त्त गर्नु भयो ।
नेपाल डेरि एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको बताउँदै मुलुकमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुनका साथै ३१ लाख वजारमा विक्रीका लागि जानुका साथै दैनिक रु छ करोड रकम ग्रामीण क्षेत्रका कृषक प्रप्त गर्ने र ४० हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिनु भयो ।
उद्योगका सञ्चालक मनोज यादवले जापानको पद्क कर्पोरेशन लिमिटेडाई यस पटक एक हजार दुई केजी ध्यु, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ति गरी १० टन निर्यात गर्न लागेको जानकारी दिनु भयो ।आगामी प्रत्येक महिना पाँच टन ध्यु पठाउने उहाँले बताउनु भयो ।
विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दुध ३० हजार केजी,ध्यु दुई हजार केजी र दुध, दहि, बटर दैनिक उत्पादन हुने गरेको छ।
कोशी प्रदेश सरकारले प्रदेशमा धुलो उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई रु पाँच करोड, सगरमाथा सहयोग दुध उत्पादन केन्द तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई रु दुई करोड सहयोग उपलव्ध गराएको छ ।–––