विराटनगर,१३ जेठ । कोशी प्रदेशमा यस आर्थिक वर्ष ३२४ बटा मानव अधिकार हनन्का उजुरीहरु अनुसन्धानको क्रममा रहेका छन् ।
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरद्वारा २४ आँै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त उजुरी मध्ये यातनाका ३५, न्याय प्रशासनका ४४, जातीय बिभेद एक, नागरिक तथा राजनीतिक अधिकारका ६९ ,वेपत्ता ६५, बाल अधिकार ११, आप्रवासि कामदारको अधिकार एक , आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार ७६, महिला अधिकार आठ, अपांगता भएका व्यक्तिको अधिकारको पाँच तथा केन्द्रीय कार्यालयबाट अनुसन्धानको लागि आएका नौ वटा गरी ३२४ बटा रहेकाको अयोगकी अधिकृत सुदिप्ती सुवेदीले तथ्याङक सार्वजनिक गर्ने जानकारी दिनु भयो ।
यसका साथै आयोगले यस वर्ष ८० बटा उजुरीको अनुसन्धान सम्पन्न गरिएको छ भने २१२ जनालाई परामर्श दिएको छ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्यक्रमको उद्घाटन गर्दै हिमाल तराई र पहाडमा वसोवासा जनताको मानवअधिकार संरक्षण गरी राष्ट्रिय एकता बलियो बनाउनु पर्ने बताउनु भयो ।
उहाँले संविधान ,ऐनमा भएका मानवअधिकार संरक्षण सम्बन्धमा तल्लो भूइ तहका नागरिकल वुझाउने कार्यमा आयोगको भूमिका हुनु पर्ने सुझाव दिनु भयो ।
प्रदेश प्रमुख खापुङ्गले मानिसको पेटमा रहेको भ्रुणको जन्मने अधिकारको संंरक्षण राज्य र आयोगको भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेशका प्रमुख न्यायाधिवक्ता नारायण वस्ती, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई,जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा ,आयोगका प्रदेश प्रमुख पवनकुमार भट्ट,इन्सेकका प्रदेश प्रमुख सोमराज थापा,विष्णु शर्मा पन्त, विनोद पोखरेल र मन्जिता उपाध्याय लगायतले समाजमा रहेको छुवाछुत,मानवअधिकार हनन्का घटना रोकथाम र नियन्त्रण गर्न हामीसबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिनु भयो ।–––