‘वाइलो’ प्रयोगशालाहरूको पहिलो रोजाइ

Logo
Nav Nepal सोमबार, जेठ १४, २०८१

विराटनगर, १२जेठ । वाइलोको स्वास्थ्य प्रयोगशालाहरुको पहिलो रोजाई हुन पुगेको छ।
चिनमा निर्मित अत्याधुनिक र सुविधायुक्त स्वास्थ्य परीक्षण एवं एनालाईजर मेशिन उत्पादनका बारेमा उपभोक्तालाई जानकारी र सूचना प्रदान गर्न विराटनगरमा भव्य वाइलो उपभोक्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।
भेटघाटका लागि चीनबाट वाइलोका प्रतिनिधिहरू विराटनगर आइपुगेका थिए ।
ब्राण्ड बारे जानकारी प्रदान गर्दै वाइलोका वितरक काठमाडौं स्थित ओम सर्जिकल कन्सर्नका निर्देशक उद्धव भण्डारीले वाइलो सरकारीदेखि निजी अस्पतालका प्रयोगशालाहरूको पहिलो रोजाई बन्दै गएको बताए ।
प्रवद्र्धक विशेषज्ञ फरा वाङ्गले मानिसको स्वस्थ्य जीवनको विकल्प नै वाईलो भएको बताइन् । बजार प्रतिनिधि क्रिश्चिना वेङ्गले उपकरणको बिक्री वितरणपछि कम्पनीले नै मर्मत सम्हारको जिम्मा लिँदै आएको बताइन् ।
प्रयोगशाला विशेषज्ञ डा. पुनम यादवले सस्तो र डाटामा सटिकताका कारण वाईलो ब्राण्डले नेपालमा ख्याती कमाउँदै गएको बताइन् ।
वाइलोका इन्जिनियर सुजन सुवेदीले वाईलोको मुख्य उत्पादक क्लिया भएको बताए । उनले क्लियालाई साधारण तया थाइराईड मेशिन भनेर बुभ्mने गरिएपनि यसले थाइराइडदेखि प्रजनन् स्वास्थ्य सम्बन्धी १२० प्रकारका परीक्षण गर्ने बताए ।
ओम सर्जिकलका कार्यकारी निर्देशक दलबहादुर भण्डारीले पछिल्लो समयमा हार्मोन परिक्षणमा चिनीया उत्पादनका प्रयोगशालाका मेशिनहरूले विश्व बजारमा वर्चश्व कायम गर्दै लगेको किटान गरे । वाईलोको उत्पादन एडभान्स्ड क्लिया प्रविधिायुक्त आई फ्लास ३००० केमिलुमिनिसिन्स इम्युनोाआसे एनालाईजरले थाइराइड, ट्युमर मार्कर्स, एनेमिया, कारडिआक मार्कर, मेटाबोलिजम, लिभर फाइब्रोसिस, फर्टिलिटी, टर्च, एन्टी फोसफोलिपिड सिन्ड्रोम, रूमेटोइड आर्थराइटिस, कनेक्टीभ टिस्यु सम्बन्धी रोग, कलेजो संक्रमण, भस्क्युलिटिस डाइगोनोस्टिक, एलर्जी, इबीभी लगायतका विभिन्न खाले संक्रमणसँग सम्बन्धित परीक्षणको भरपर्दो विश्लेषणका कारण विश्व बजारको मन जितेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077