विराटनगर,१७ जेठ । राष्ट्रिय जनगणना २०७८ मा अपाङगताको तथ्याङ्क विश्वसनी नभएको आशंका सरोकारवालाहरुले व्यक्त्त गरेका छन् ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रिय महाङग महासंघ कोशीद्वारा आज यहाँ आयोजित राष्ट्रिय जनगणना –२०७८ मा आपाङगता सम्वन्धी तथ्याङकीय प्रतिवेदनको नतिजाले समेटिएका विषयहरुमा प्रदेशस्तरीय सरोकारवाला निकायसंग पैरवी तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राष्ट्रिय अपाङ्ग महासंघ र राष्ट्रिय जनगणना–२०७८ तथ्याङकमा फरक देखिएकोले पुनः संकलन गर्नुपर्ने सुझाव दिएका छन् ।
सहभागीहरुले राष्ट्रिय जनगणना २०७८ मा नेपालको जनसङ्ख्यामध्ये दुई दशमलव दुई प्रतिशत अपाङगता भएका व्यक्तिहरु भएको तथ्याङक सार्वजनिक गरेकोमा शंका व्यक्त गरेका छन् ।
उनीहरुले सबै प्रदेशमा सचेतना कार्यक्रम चलाएर गरी पुनः तथ्याङ्क संकलन गर्न पहल गर्नुपर्नेमा सुझाव दिएका छन् ।
सहभागीहरुले प्रदेश सरकार र विभिन्न संस्थाकहरुको संयुक्त प्रयासमा अपाङगताहरुको सशक्तिकरणको प्रयास गर्नु पर्नेमा जोड दिएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले अपाङ्गगता सम्बन्धी तथ्याङकीय प्रतिवेदनले समेटे्का विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
महासंघका प्रदेश अध्यक्ष नविनचन्द्र ढुंगेलले अपाङतता भएका व्यक्तिहरुको लागि नीति तथा कार्यक्रममार्फत सम्वोधन गर्नुपर्ने मुख्य सवालहरु विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा महासंघका १४ जिल्लाका प्रतिनिधि, प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।–––