कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पत्र

Logo
Nav Nepal सोमबार, जेठ २८, २०८१
विराटनगर,२८ जेठ ः कोशी प्रदेशस्तरीय  दुई दिने सुरक्षा गोष्ठी आज यहाँ विराटनगरमा सम्पत्र भएको छ ।
गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक ममिला तथा कानून मन्त्रालयद्धारा संयुक्त्त रुपमा आयोजित गोष्ठमा  शान्ति सुरक्षा कायम राख्न बृहत छलफल भएको थियो ।
सुरक्षाका सबै निकाय रहेका सो गोष्ठीमा आउका निस्कर्षलाई कार्यान्वयनमा खरो उत्रने , सूचना व्यवस्थापन प्रभावकारी बनाउने , गैर कानूनी कार्य र सामाजिक सद्भाव बिथोल्ने गविधिहरुलाई समयमै कानूनको दायरामा ल्याउनु पर्ने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भयो ।
यसैगरी गोष्ठीमा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन र कार्ड वितरणलाई थप प्रभावकारी बनाउने , निजी हतियारहरुको व्यवस्थित गर्ने, सुरक्षा व्यवस्था र सेवा प्रवाहको प्रभवकारितालाई अभिवृद्धिमा आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्ने जोड दिइएको थियो ।
अपराध र लागु औषध नियन्त्रण र विपद् व्यवस्थापनका कामहरु थप प्रभावकारीकासाथ गर्नुपर्ने आवश्यक्ता औँल्याइएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्की गोष्ठी समापनका अवसरमा  गोष्ठीबाट शान्ति सुृरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहका क्षेत्रमा सहकार्यमा थप  मजबुत हुने विश्वास व्यक्त्त गर्नुभयो ।
गोष्ठीले आम नागरिकले परिवर्तनको अनुभूति गर्ने किसिमका काम गर्नुपर्ने र यस्ता काममा खटिने सुरक्षा निकायले विशेष ध्यान दिनु पर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ जनताको आशा र भरोसा गिर्न नदिन सबैले आ–आफ्नो ठाउँबाट इमान्दार प्रयत्न गर्नु पर्छ ।’
उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न कालागि प्रदेश सरकारले प्रहरी परिचालन गर्ने अधिकार सङ्घीय सरकारले दिनु पर्ने विचार व्यक्त्त गर्नुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी,गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वयका प्रहरी महानिरीक्षक, नेपाली सेनाका अधिकृत, १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला तहका प्रहरी प्रमुखहरु, गृहमन्त्रालयका अधिकृतहरु, प्रदेशका आन्तरिक मन्त्रालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077