विराटनगर,२६ माघ । पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको आठौं स्मृति दिवसको उपलक्ष्प्यमा आज विहान यहाँ महिला तथा पुरुषको खुल्ला दौड प्रतियोगिता आयोजना गरियो ।
विराटनगरको महेन्द्र (जनआन्दोलन)चोकदेखि बगरगाछीसम्म चार किलोमिटर उक्त्त दौड प्रतियोगितामा महिलातर्फ अंशु मण्डल ,तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यसैगरी पुरुषतर्फ अमर यादव, याङदेव राई र सुनिल मेहता क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजयीहरुलाई नगद एवं प्रमाणपत्र वितरण गर्दै खेलकूदको लागि आवश्यक पर्ने पूर्वाधार, प्रशिक्षण एवं सामाग्रीको उपलव्ध गराउन नगरले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उहाँले खेलकुदको माध्यमवाट नगर, प्रदेश र मुलुकको नाम विश्वमा राख्न निरन्तर खेलाडीहरुले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र कार्यक्रम संयोजक प्रकाश दाहालले खेलकूदको माध्यमबाट आजका युवापुस्तालाई अनुशासित बनाई मुलुकको विकासको सम्वाहक हुन योग्य बनाउने धारणा राख्नु भयो ।
प्रतियोगितामा महिला र पुरुष गरी ३३ जनाको सहभागिता रहेको थियो ।–––